Mon. May 6th, 2024

कलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण

काठमाडौं, २०७७ असोज २० गते मंगलबार

नेपाली हास्यव्यङ्गय कलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण देखापरेको छ । कोरोना संक्रमणको पुष्टि भएको जानकारी कलाकार आचार्यले आफ्नो आधिकारिक फेसबुकमार्फत् गराउनुभएको हो ।

सामान्य लक्षण देखिएकाले हिजो पिसीआर परीक्षण गराउँदा मगंलबार पोजेटिभ रिपोर्ट आएको उहाँले बताउनुभएको छ । आफूहरुको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले बताउनुभएको छ ।

कलाकार आचार्यले आफूसँग सम्पर्कमा आउनुभएका सबैलाई होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउनु हुन पनि अनुरोध गर्नुभयो । गोरखापत्र अनलाईनबाट

Facebook Comments