Sun. May 19th, 2024

प्रदेश ५ को नाम आजदेखि लुम्बिनी स्थायी राजधानी दाङको भालुवाङ

- दुई तिहाई मतले पारित

बुटवल, २०७७ असोज २० गते मंगलबार

प्रदेश ५ को स्थायी राजधानी दाङ जिल्लाको देउखुरी उपत्यकाको भालुवाङ घोषणा भएको छ ।प्रदेश नं। ५ प्रदेश सभाको आजको वैठकमा भएको मत विभाजनका आधारमा सरकारको प्रस्ताव पारित भएको हो । यस्तै नाम लुम्बिनी राख्ने प्रस्ताव पनि पारित भएको छ ।

गोरखापत्र अनलाईनका अनुसार सरकारले दाङ जिल्लाको भालुवाङ क्षेत्रमा प्रदेशका स्थायी राजधानी कायम गरियोस भनी गत शुक्रवार प्रदेश सभामा प्रस्ताव गरेको थियो । प्रदेश सरकारको प्रस्तावमा आज मतदान हुँदा प्रस्तावका पक्षमा ६९ मत परेको छ । दुईतिहाईका लागि ५८ मत आवश्यक पर्छ । त्यस्तै नाममा ७८ मत पक्षमा र ४ मत विपक्षमा परेको छ ।

सभामुख पूर्णवहादुर घर्तीले दुईतिहाई बहुमतले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी उपत्याको भालबाङ क्षेत्र घोषणा गर्नुभयो । राजधानी देउखुरीको प्रस्तावको पक्षमा ६९ र विपक्षमा जम्मा १३ मत खसेको थियो भने ५ सांसद अनुपस्थित हुनुभयो ।

Facebook Comments