Wed. Apr 24th, 2024

तातोपानी नाका फेरि अवरुद्ध

काठमाडौं, २०७७ असोज २० गते मंगलबार

आइतबारदेखि सञ्चालनमा आएको चीनसँगको तातोपानी नाका फेरि अवरुद्ध भएको छ । आइतबार चीनबाट १२ कन्टेनर सामान आएको भए पनि हिजो र आज कुनै कन्टेनर नेपाल नभित्रिएको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताउनु भयो ।

नेपाल समाज अनलाईनका अनुसार सामान पल्टी गर्नका लागि नाकापारि गएका सात जना नेपाली मजदूरमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको भन्दै चीनले नाका खुलेको दोस्रो दिनमा नै भन्सार प्रक्रिया ठप्प पारेको हो ।

“नाका अवरुद्ध भएको बारेमा उता (चीन)बाट कुनै औपचारिक जानकारी आएको छैन,” खत्रीले भन्नु भयो, “त्यसैले यसलाई नाका बन्द भएको भन्न मिल्दैन ।” चिनियाँ पक्षसँग नाका सुचारु गर्ने विषयमा छलफल भइरहेको र एक दुई दिनमा नाका पुनः सुचारु हुनसक्ने उहाँले बताउनु भयो ।

नेपाल ल्याउनका लागि खासामा अलपत्र कन्टेनरबाट सामान पल्टी गर्नका लागि २९र२९ जनाको दुई समूहमा नेपाली मजदूर तयार पारिएको थियो । उनीहरु सबैको नेपालमा पीसीआर परीक्षण नेगेटिभ आएको थियो । उनीहरुको चीनमा फेरि परीक्षण गरिएको थियो । चिनियाँ पक्षले गरेको परीक्षणबाट पहिलो समूहका चार जना र दोस्रो समूहका तीन नेपाली मजदूरमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

Facebook Comments