Sat. May 18th, 2024

चीन र भारतका रक्षा मन्त्रीबीच मस्कोमा वार्ता

काठमाडौं, २०७७ भदौं २० गते शनिबार

चिनियाँ राज्य परिषदका सदस्य एवम् रक्षा मन्त्री वै फङहले ४ तारिख रसियाको मस्कोमा भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग वार्ता गर्नुभएको छ। मन्त्री वै फङहले हाल मस्कोमा शाङहाई सहयोग संगठन, स्वतन्त्र राज्यको राष्ट्रमण्डल, सामूहिक सुरक्षा सन्धि संगठनका सदस्य मुलुकका रक्षा मन्त्रीको संयुक्त बैठकमा भाग लिनुहुँदैछ।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार वार्तामा हाल चीन र भारतका सेनाको सम्बन्ध सिमाना समस्याका कारण गम्भीर रूपमा प्रभावित भएको छ। दुई देशका रक्षा मन्त्रीले आमने सामने भएर सदिच्छापूर्ण वैचारिक आदानप्रदान गर्नु ज्यादै महत्वपूर्ण रहेको कुरा मन्त्री वैले व्यक्त गर्नुभयो। वर्तमान सीमा क्षेत्रमा तनावपूर्ण अवस्थाको कारण तथा तथ्य स्पष्ट छ। यसको पूरै जिम्मेवारी र कारक भारत हो। चीनको भूभाग छोडिनुहुँदैन। चिनियाँ सेनासँग राष्ट्रिय सार्वभौमिकता तथा प्रादेशिक अखण्डताको संरक्षण गर्ने दृढता, क्षमता र विश्वास छ। दुई पक्षले राष्ट्राध्यक्ष सी चिनफिङ र प्रधानमन्त्री नरेन्द्र मोदीको महत्वपूर्ण सहमतिलाई व्यवहारमा उतारेर वार्ता तथा परामर्शद्वारा समस्याको समाधान गर्नुपर्छ। भारतले दुई देशका अनेकन सन्धि तथा सम्झौताको पालना गर्नुका साथै अग्रक्षेत्रमा फौजको नियन्त्रणलाई सबल पारेर वर्तमान वास्तविक नियन्त्रण लाइन पार गरी नचिढाउने, परिस्थितिलाई चर्को पार्ने गतिविधि नचाल्ने र नकारात्मक सूचना प्रचार नगर्ने र नफैलाउने आशा मन्त्री वैले व्यक्त गर्नुभएको छ। दुई पक्षले दुई देश र क्षेत्रको शान्ति तथा स्थिरताका लागि साझा प्रयासमा वर्तमान घटनालाई कम गर्दै सिमानाको शान्ति तथा स्थिरताको संरक्षण गर्नुपर्छ।

मन्त्री सिंहका अनुसार, वर्तमान अवस्थामा सिमानाको शान्ति तथा स्थिरता द्वीपक्षीय सम्बन्धका लागि ज्यादै महत्वपूर्ण छ। दुई पक्षले सैन्य तथा कूटनीति लगायत वार्ता मञ्चको संचालनलाई कायम राखेर वार्ता तथा परामर्शद्वारा शान्तिपूर्ण रूपमा समस्याको समाधान गर्नुपर्छ। दुई पक्षले जिम्मेवारीको धारणा लिएर अघिल्ला फौजको सम्पर्कलाई विभाजित गर्दै मतभेदलाई संघर्षमा जान नदिन दुई सेनाको सम्बन्धलाई उचित लिगमा बढाउनुपर्ने धारणा मन्त्री सिंहले व्यक्त गर्नुभयो।

Facebook Comments