Tue. Apr 30th, 2024

स्वास्थ्यमन्त्री ढकालको परिवारका सदस्यलाई कोरोना सङ्क्रमण, मन्त्री एकान्तवासमा

- काठमाडौँ उपत्यकामा थप ३५४ मा सङ्क्रमणको पुष्टि

काठमाडौं, २०७७ भदौं २१ गते आईतबार

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको परिवारका एक सदस्यमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । परिवारका सदस्यलाई कोरोना सङ्क्रमण पुष्टि  भएको जानकारी स्वास्थ्य मन्त्रीका प्रेस संयोजक माधवप्रसाद तिवारीले गोरखापत्र अनलाइनलाई दिनुभयो ।

परिवारका सदस्यलाई कोरोना सङ्क्रमण देखिएसँगै मन्त्री ढकाल हाल निवासमै आइसोलेसनमा बस्नुभएको संयोजक तिवारीले जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यकामा थप ३५४ मा सङ्क्रमणको पुष्टि

काठमाडाैँ उपत्यकामा कोभिड-१९ का ३५४ जना सङ्क्रमित थपिएका छन् । उपत्यकाका तीन जिल्लामा पछिल्लो चौबीस घण्टामा ३५४ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले जनाएको छ ।

मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा काठमाडाैँमा २९०, ललितपुरमा ३२ र भक्तपुरमा ३२ गरी कुल ३५४ जना सङ्क्रमित थपिएको जनाएको छ । पछिल्लो चौबीस घण्टामा दश हजार ३८२ जनाको आरटीपीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी एक हजार ८१४ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै हालसम्म २८ हजार ९४१ जना कोरोनामुक्त भई घर फर्केका छन् । गोरखापत्र अनलाईनबाट

Facebook Comments