Wed. Nov 13th, 2024

जापानी अतिक्रमणविरोधी युद्धको भावनाको उतराधिकार तथा विकास गरेर शान्तिपूर्ण विकासको मार्गमा अडिग बन्नुपर्छ-सी चिनफिङ

काठमाडौं, २०७७ भदौं २० गते शनिबार

३ तारिख चिनियाँ जनताले जापानी अतिक्रमणविरोधी युद्ध एवम् विश्वले फासिस्ट विरोधी युद्धमा विजय पाएको ७५औं वार्षिकोत्सवको सम्झना गोष्ठीमा चिनिया कम्युनिष्ट पार्टीको केन्द्रिय समितिका महसचिव, राष्ट्राध्यक्ष एवन् केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले भाषण गर्नुभयो। उहाँका अनुसार, चीन राष्ट्रको महान पुनरूत्थान गर्न चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा अडिग भएर लागिरहनुपर्छ, चिनियाँ विशेषतायुक्त समाजवादी मार्गमा अडिग रहनुपर्छ, जनतालाई केन्द्रमा बनाउने विचारमा अडिग हुनुपर्छ, लडाइ भावनालाई कायम राख्नुपर्छ र शान्तिपूर्ण विकासको मार्गमा अडिग बन्नुपर्छ।

“म के हो? कस्का लागि हो? र कसको भर हुँ?” भन्ने समस्याको जवाफ पार्टीको प्रकृति र भविष्यसित सम्बन्धित छ। जनतालाई केन्द्रमा राख्नु चिनियाँ कम्युनिष्ट पार्टीको जवाफ हो। जापानी अतिक्रमणविरोधी युद्धमा, नयाँ चीनको स्थापनादेखि चीनको सुधार तथा खुलापन र विकासको क्रममा चिनियाँ कम्युनिष्ट पार्टीले सधैं नै जनतालाई प्रथम स्थानमा राख्दैआएको छ।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार उक्त गोष्ठीमा सीले जोड दिनुभयो- ‘चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनता लडाइमा हुर्केंर विकसित भएका हुन्। सबै चिनियाँ क्रान्ति, निर्माण तथा सुधारका विभिन्न कालमा लडाईँको भावना रहेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको लडाईँमा दिशा, अडान र सिद्धान्त छन्। यो दिशा चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व र चिनियाँ समाजवादी परिपाटीमा अडिएको छ। कुनै व्यक्ति वा शक्तिले चिनियाँ कम्युनिष्ट पार्टीको इतिहास बंग्याउन र पार्टीको प्रकृति र उद्देश्यमा हिलो छ्याप्न खोजेमा चिनियाँ जनताले स्वीकार गर्ने छैनन्। कुनै व्यक्ति वा शक्तिले चिनियाँ विशेषतायुक्त समाजवादी मार्ग भत्काउन र परिवर्तन गर्न खोजेमा, चिनियाँ जनता समाजवादको निर्माण गर्ने उपलब्धिमाथि नकारात्मक मूल्यांकन गर्न र हिलो छ्याप्न खोजेमा चिनियाँ जनताले अस्वीकार गर्नेछन्। कुनै व्यक्ति वा शक्तिले चिनियाँ कम्युनिष्ट पार्टी र जनतालाई विभाजन गर्न खोजेमा चिनियाँ जनताले प्रतिकार गर्नेछन्। कुनै व्यक्ति वा शक्तिले बदनियतपूर्वक आफ्नो विचार चिनियाँ जनतामा लाद्न खोजेमा, चीनको विकास परिवर्तन गर्न खोजेमा, चिनियाँ जनताले आफ्नो सुन्दर जीवनको सिर्जना गर्ने प्रयासलाई रोक्न खोजेमा चिनियाँ जनताले ठाडै अस्वीकार गर्नेछन्। कुनै व्यक्ति वा शक्तिले चिनियाँ जनताको शान्तिपूर्ण जीवन तथा विकास गर्ने अधिकारमाथि भंग गर्न खोजेमा, चिनियाँ जनता र अरू देशका जनताबीचको आदानप्रदान तथा सहयोगमाथि क्षति पुर्याउनखोजेमा र मानवजातिको शान्ति तथा विकासमाथि क्षति पुर्याउन खोजेमा चिनियाँ जनताले स्वीकार गर्दैनन्।’

सन् १८४० चीन र बेलायतको अफिम युद्धदेखि एक शताब्दीमा चीन विभिन्न देशबाट अतिक्रमित गरिएको र लुटिएको मुलुक थियो। जसबाट चिनियाँ जनताले शान्तिको रक्षा गर्ने अठोटलाई सुदृढ पारेको छ। विश्वको शान्तिको संरक्षण गर्न चीन राष्ट्रसंघीय सुरक्षा परिषदका स्थायी समितिका सदस्यहरूमध्ये सबैभन्दा बढी शान्ति सेना पठाउने मुलुक हो।

Facebook Comments