Wed. May 8th, 2024

चीनको विकास परिवर्तन गर्न र मानवजातिको शान्ति तथा विकासमाथि क्षति पुर्याउन खोजेमा चिनियाँ जनताले स्वीकार गर्दैनन्-सी चिनफिङ

- हिमालपारीको खवर

काठमाडौं, २०७७ भदौं १९ गते शुक्रबार

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चीनको विकास परिवर्तन गर्न र मानवजातिको शान्ति तथा विकासमाथि क्षति पुर्याउन खोजेमा चिनियाँ जनताले स्वीकार नगर्ने बताउनु भएको छ ।

चिनियाँ जनताले जापानी अतिक्रमणविरोधी युद्ध एवम् विश्वले फासिस्ट विरोधी युद्धमा विजय पाएको ७५औं वार्षिकोत्सवको सम्झनाको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्राध्यक्ष सी चिनफिङले सो विचार व्यक्त गर्नुभएको हो ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति, राज्य परिषद्, केन्द्रिय सैन्य आयोगले ३ तारिख दिउँसो जन बृहत् सभा भवनमा गोष्ठी गरेर चिनियाँ जनताले जापानी अतिक्रमणविरोधी युद्ध एवम् विश्वले फासिस्ट विरोधी युद्धमा विजय पाएको ७५औं वार्षिकोत्सवको सम्झना गरेका छन्।

 सो अवसरमा राष्ट्राध्यक्ष सीले भन्नुभयो- ‘कुनै व्यक्ति वा शक्तिले चिनियाँ कम्युनिष्ट पार्टीको इतिहास बंग्याउन र पार्टीको प्रकृति र उद्देश्यमा हिलो छ्याप्न खोजेमा चिनियाँ जनताले स्वीकार गर्दैनन्। कुनै व्यक्ति वा शक्तिले चिनियाँ विशेषतायुक्त समाजवादी मार्ग भत्काउन र परिवर्तन गर्नखोजेमा, चिनियाँ जनता समाजवादको निर्माण गर्ने उपलब्धिमाथि नकारात्मक मूल्यांकन गर्न र हिलो छ्याप्न खोजेमा चिनियाँ जनताले स्वीकार गर्दैनन्। कुनै व्यक्ति वा शक्तिले चिनियाँ कम्युनिष्ट पार्टी र जनतालाई विभाजन गर्न खोजेमा चिनियाँ जनताले स्वीकार गर्दैनन्। कुनै व्यक्ति वा शक्तिले बदनियतपूर्वक आफ्नो विचार चिनियाँ जनतामा लाद्न खोजेमा, चीनको विकास परिवर्तन गर्न खोजेमा, चिनियाँ जनताले आफ्नो सुन्दर जीवनको सिर्जना गर्ने प्रयासलाई रोक्न खोजेमा चिनियाँ जनताले स्वीकार गर्दैनन्। कुनै व्यक्ति वा शक्तिले चिनियाँ जनताको शान्तिपूर्ण जीवन तथा विकास गर्ने अधिकारमाथि भंग गर्नखोजेमा, चिनियाँ जनता र अरू देशका जनताबीचको आदानप्रदान तथा सहयोगमाथि क्षति पुर्याउनखोजेमा र मानवजातिको शान्ति तथा विकासमाथि क्षति पुर्याउन खोजेमा चिनियाँ जनताले स्वीकार गर्दैनन्।’ चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईबाट

Facebook Comments