Fri. Apr 26th, 2024

जापानी अतिक्रमणविरोधी युद्ध एवम् फासिस्ट विरोधी युद्धविजयको ७५औं स्मृतिमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको भाषण

- हिमालपारीको खवर

काठमाडौं, २०७७ भदौं १९ गते शुक्रबार

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति, राज्य परिषद्, केन्द्रिय सैन्य आयोगले ३ तारिख दिउँसो जन बृहत् सभाभवनमा गोष्ठी गरेर चिनियाँ जनताले जापानी अतिक्रमणविरोधी युद्ध एवम् विश्वले फासिस्ट विरोधी युद्धमा विजय पाएको ७५औं वार्षिकोत्सवको सम्झना गरेका छन्। केन्द्रिय समितिका महसचिव, राष्ट्राध्यक्ष एवन् केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले भाषण गर्नुभयो। उहाँका अनुसार चिनियाँ जनताले जापानी अतिक्रमणविरोधी युद्धमा महान भावना संकलन गरेर विश्वलाई देशभक्त भावना, राष्ट्रिय अखण्डता तथा वीरता र विजयको विश्वास देखाए। यो भावनाले चिनियाँ जनताको दुर्लभ भावनात्मक सम्पति भएर सधैं नै चिनियाँ जनतालाई प्रोत्साहन गरेको छ।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार चिनियाँ जनताले जापानको अतिक्रमणविरोधी युद्ध आधुनिक इतिहासमा चिनियाँ जनताले विदेशी शत्रुको अतिक्रमणविरोधी सबैभन्दा लामो समय, सबैभन्दा ठूलो परिमाण र सबैभन्दा बढी बलिदान भएको राष्ट्रिय मुक्ति युद्ध हो। यो पहिलोपटक पूर्ण रूपमा विजय पाएको राष्ट्रिय मुक्तिको लडाइँ पनि हो। यो विजय आधुनिक इतिहासमा चीन राष्ट्रले गहिरो संकटबाट महान पुनरूत्थानसम्म जाने ऐतिहासिक परिवर्तन विन्दु हो, विश्वले फासिस्ट विरोधी युद्धको महत्वपूर्ण भाग हो, चिनियाँ जनताको विजय हो र विश्वका जनताको विजय पनि हो।

चिनियाँ जनताले जापानी अतिक्रमणविरोधी युद्धमा विजय पाएदेखि ७५ वर्षमा चीनमा ठूलो परिवर्तन भएको सीले बताउनुभएको छ। चीन राष्ट्रको महान पुनरूत्थान गर्न चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा अडिग भएर लागिरहनुपर्छ, चिनियाँ विशेषतायुक्त समाजवादी मार्गमा अडिग रहनुपर्छ, जनतालाई केन्द्रमा बनाउने विचारमा अडिग हुनुपर्छ, लडाइ भावनालाई कायम राख्नुपर्छ र शान्तिपूर्ण विकासको मार्गमा अडिग बन्नुपर्छ।

राष्ट्राध्यक्ष सीले भन्नुभयो- ‘कुनै व्यक्ति वा शक्तिले चिनियाँ कम्युनिष्ट पार्टीको इतिहास बंग्याउन र पार्टीको प्रकृति र उद्देश्यमा हिलो छ्याप्न खोजेमा चिनियाँ जनताले स्वीकार गर्दैनन्। कुनै व्यक्ति वा शक्तिले चिनियाँ विशेषतायुक्त समाजवादी मार्ग भत्काउन र परिवर्तन गर्नखोजेमा, चिनियाँ जनता समाजवादको निर्माण गर्ने उपलब्धिमाथि नकारात्मक मूल्यांकन गर्न र हिलो छ्याप्न खोजेमा चिनियाँ जनताले स्वीकार गर्दैनन्। कुनै व्यक्ति वा शक्तिले चिनियाँ कम्युनिष्ट पार्टी र जनतालाई विभाजन गर्न खोजेमा चिनियाँ जनताले स्वीकार गर्दैनन्। कुनै व्यक्ति वा शक्तिले बदनियतपूर्वक आफ्नो विचार चिनियाँ जनतामा लाद्न खोजेमा, चीनको विकास परिवर्तन गर्न खोजेमा, चिनियाँ जनताले आफ्नो सुन्दर जीवनको सिर्जना गर्ने प्रयासलाई रोक्न खोजेमा चिनियाँ जनताले स्वीकार गर्दैनन्। कुनै व्यक्ति वा शक्तिले चिनियाँ जनताको शान्तिपूर्ण जीवन तथा विकास गर्ने अधिकारमाथि भंग गर्नखोजेमा, चिनियाँ जनता र अरू देशका जनताबीचको आदानप्रदान तथा सहयोगमाथि क्षति पुर्याउनखोजेमा र मानवजातिको शान्ति तथा विकासमाथि क्षति पुर्याउन खोजेमा चिनियाँ जनताले स्वीकार गर्दैनन्।’

Facebook Comments