Mon. May 20th, 2024

थप एक हजार ३ सय ५९ जना सङ्क्रमितसहित कुल संक्रमित संख्या ४४ हजार २३६ पुग्यो

- कोरोना अब्डेट

काठमाडौं, २०७७ भदौं १९ गते शुक्रबार

नेपालमा एक हजार ३५९ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप ४६४ महिलासहित एक हजार ३५९ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ४४ हजार २३६ पुगेको जनाइएको छ ।

गोरखापत्र अनलाईनका अनुसार सक्रिय सङ्क्रमितहरू १८ हजार ४०४ रहेका छन् । संस्थागत आइसाेलेसनमा दश हजार ९४२ रहेका छन् । हाेम आइसाेलेसनमा सात हजार ४६२ रहेका छन् ।

पछिल्लो २४ घण्टामा एकहजार ३५४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कुल निको हुने दर ५८ प्रतिशत छ । कुल डिस्चार्ज भएकाहरू २५ हजार ५६१ पुगेको छ ।

विदेशबाट फर्केका अधिकांश क्वारेन्टिनमा बसेका छन् । यसरी बस्नेहरू छ हजार ५६१ रहेका छन् ।

Facebook Comments