Sun. May 19th, 2024

भाइरस उद्गम स्थलको अनुसन्धान राजनीतिज्ञले होइन वैज्ञानिकले गर्नुपर्ने चीनको भनाई

काठमाडौं, २०७७ बैशाक २५ गते बिहीबार

अमेरिकी राजनीतिज्ञले भाइरसको उद्गम स्थल भनेर वुहान र चीनलाई बदनाम गरेको कार्यबारे चर्चा गर्दै चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले अमेरिकी नेतामा पूर्वाग्रह रहेको बतचाउनुभयो। चिनिया अन्तर्राष्ट्रिय रेडियो CRI का अनुसार मे ६ तारिख का दिन आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता ह्वाले भाइरसको उद्गम स्थलका सम्बन्धमा अमेरिकाले धेरै रिपोर्ट र भनाइ राखेको जानकारी दिनुभयो। केही अमेरिकी राजनीतिज्ञले स्वदेशको राजनीतिक हितका कारण निरन्तर चीनलाई दोषारोपण गरेका छन्, तर उनीहरूको भनाइ निराधार रहेको कुरा प्रवक्ता ह्वाले बताउनुभयो।

प्रवक्ता ह्वाका अनुसार, भाइरसको उद्गम स्थल सम्बन्धि विषय एक किसिमको जटिल वैज्ञानिक समस्या भएकाले वैज्ञानिक र विशेषज्ञले गम्भीर र निष्ठापूर्ण वैज्ञानिक अनुसन्धानमार्फत उत्तर खोज्नुपर्छ। राजनीतिज्ञले त्यसको छानबीन र मूल्याङ्कन गर्ने काम उचित होइन। भाइरसको उद्गम स्थल सम्बन्धि समस्यालाई राजनीतिकरण र बदनामीकरण गर्ने कुराको चीनले कडा विरोध गर्नुका साथै विज्ञानको सम्मान गर्न र षड्यन्त्र दृष्टिकोणको विरोध गर्न सबैलाई आह्वान गरेको औँल्याउनुभएको छ।

Facebook Comments