Fri. Apr 17th, 2026

अमेरिकी मिडिया भन्छ : “एक बर्ष अघि नै देखा परेको थियो श्वासप्रश्वासको रोग”

       

काठमाडौं, २०७७ बैशाक २५ गते बिहीबार

विभिन्न मुलुकको अध्ययनबाट सम्बन्धित देशमा कोरोना भाइरस संक्रमितहरू देखा परेको समय अगाडि भएको पत्ता लागेको छ। यसैले विश्व स्वास्थ्य संगठनले पहिलेदेखि नै देखा परेका श्वासप्रश्वासका रोगलाई फेरि निरीक्षण गर्न विभिन्न मुलुकहरूलाई आव्हान गरेको छ।

चिनिया अन्तर्राष्ट्रिय रेडियो CRI का अनुसार अमेरिकी एबीसी रेडियो कम्पनीले सन् २०१९ को जुलाईमा सार्वजनिक गरेको समाचार अनुसार अमेरिकाको भर्जिनिया राज्यको एउटा सेवानिवृत्त बासिन्दा क्षेत्रमा एक खालको श्वासप्रश्वास रोगबाट ५४ जना नागरिक संक्रमित भएको जनाइएको थियो। धेरैजसो अमेरिकीहरूले सो क्षेत्रका संक्रमितहरू फेरि एक पटक कोभिड १९ भाइरस निरीक्षण गर्न सरकारसँग माग गरेका छन्।

यस बर्षको मार्चमा केही अमेरिकीहरूले ह्वाइट हाउसलाई प्रस्ताव प्रस्तुत गर्दै अमेरिकी सरकारलाई सन् २०१९ को अगस्टमा फोर्ट डे क्रिक जैविक प्रयोगशाला अचानक बन्द गर्नुपर्ने कारण बारे जाँचबुझ गर्न माग गरेका छन्।

Facebook Comments