Tue. May 7th, 2024

“अर्को वर्षको अप्रिलअघि कोरोना खोपको आशा नगर्नुस्”: प्रमुख अनुसन्धानकर्ता

काठमाडौं, २०७७ बैशाक २५ गते बिहीबार

कोरोना भाइरसविरुद्धको खोपको क्लिनिकल परीक्षणको निरीक्षण गरिरहेका प्रमुख अनुसन्धानकर्ताले एक वर्षअघि खोपको आशा नगर्दा हुने बताउनु भएको छ ।

वहाँले वैज्ञानिकहरूले अर्काे  वर्षको अप्रिल वा मेअघि कुनै खोपले कोरोना भाइरस संक्रमण हुनबाट बचाउँछ वा बचाउँदैन भनेर थाहा नपाउने बताउनु भएको हो ।

न्युयाेर्क विश्वविद्यालयका खोप केन्द्रका निर्देशक डा. मार्ग मुलिगनले एक वर्षको समयसमेत निकै चमत्कारी रहेको बताउनु भएको छ । ‘वर्षौं लागेर हुने काम हामी महिनामै गरिरहेका छौँ,’ डा. मुलिगनले भन्नु भएको छ ।

मुलिगनले फर्मास्युटिकल कम्पनी फाइजर इंक र बायोटेक एसईसँग खोप परीक्षणका लागि काम गरिरहनु भएको छ । कोरोना भाइरसविरुद्धको खोप ‘कोरोना संक्रमितमै’ परीक्षण पहिलोपटक न्युयाेर्क विश्वविद्यालयअन्तर्गतको ग्रोसम्यान औषधि विद्यालय र म्यारिल्यान्ड विश्वविद्यालयमा भएको छ ।फाइजर इंक र बायोटेकले पनि जर्मनीमा संक्रमितमाथि खोप परीक्षण थालेको छ ।

यो हप्ता संक्रमितहरूलाई खोप लगाइएको छ । ‘पहिलो चरणको परीक्षणले यो खोप सुरक्षित छ वा छैन भनेर मात्रै पत्ता लगाउनेछ, यसका लागि पनि तीनदेखि चार महिनाको समय लाग्छ,’ डा. मुलिगनले भन्नु भएको छ ।

तीन-चार महिनाको समयपछि खोपले संक्रमणबाट जोगाउन शरीरमा एन्टिबडीको उत्पादन गर्छ वा गर्दैन भन्ने परीक्षण हुन्छ । त्यसका लागि पनि केही समय लाग्ने डा. मुलिगनले बताउनु भएको छ । नयाँ पत्रिका दैनिकबाट

Facebook Comments