Mon. Dec 23rd, 2024

भोजपुरको आमचोक गाउँपालिकामा माओवादी केन्द्रको अग्रता

काठमाण्डौ, २०७९ जेठ १ गते आईतबार । भोजपुर जिल्लाको आमचोक गाउँपालिकामा नेकपा माओवादी केन्द्रका  उम्मेदवार अशोक राईले अध्यक्ष पदमा अग्रता लिनु भएको छ । पछिल्लो मत गणना अनुसार माओवादी केन्द्रले १ हजार ७ सय २० मत प्राप्त गरेको छ ।

एमालेका बसन्त राईको  १ हजार  २ सय ९५ मत रहेको छ । उपाध्यक्षमा माओवादी केन्द्रकी सीता राईको  १ हजार २२ मत रहेको छ । नेपाली कांग्रेसका छिरिङ शेर्पाको  १ हजार ६७  रहेको छ । सो गाउँपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन रहेको छ ।

 वडा नं.  १  मा  नेपाली कांग्रेसका निम्नुरी शेर्पा ४ सय १६ मत ल्याएर वडाध्यक्ष निर्वाचित हुनु भएको छ । माओवादी केन्द्रका उमेश राईले १ सय ६२ मत मात्र प्राप्त भएको थियो । यस्तै २ नं. वडामा कांग्रेसका रामबहादुर खडकाले ३ सय ५६ मत ल्याएर निर्बाचित हुनु भएको छ । माओवादीका  राजिनकुमार राईले  ३ सय ४६ मत प्राप्त गर्नुभएको छ । १० मतले राई पराजित हुनुभएको हो ।

यस्तै ९ र १० नं. वडामा माओवादी केन्द्रले विजयी हासिल गरेको छ ।  ९ नं. मा  रोशन मगर ६ सय ३२ मत ल्याएर विजयी हुनु भयो ।  १० नं. वडामा बालदिप राईले ५ सय ६५ मत ल्याएर विजयी हुनु भएको छ ।

Facebook Comments