Mon. Dec 23rd, 2024

काठमाण्डौं महानगरपालिकामा बालेन्द्र शाहको अग्रता, उपमेयरमा सुनिता डङ्गोलाई १८४२ मत

काठमाण्डौ, २०७९ जेठ १ गते आईतबार । काठमाण्डौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले अग्रता अझ बढाउँदै लैजानुभएको छ । शाहले निकटम प्रतिद्वन्दी केशव स्थापित भन्दा ६७४ मतले पछि पार्दै अग्रता कायमै राख्नुभएको हो । शाहले १७०६ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी नेकपा एमालेका स्थापितले १०३२ मत प्राप्त गर्नुभएको छ । गठबन्धनका उम्मेदवार नेपालीका कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ८६४ मत पाउनुभएको छ ।

त्यस्तै उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले आफ्ना प्रतिद्वन्द्वी भन्दा करिब तीन दोब्बर मत पछाडि पार्दै अग्रता लिइरहनुभएको छ । उहाँले १८४२ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५३९ मत प्राप्त गर्नुभएको छ ।

Facebook Comments