Tue. May 7th, 2024

चिनियाँ कम्युनिष्ट पार्टी र विश्वका राजनीतिक पार्टीहरूका नेताहरूको शिखर सम्मेलन भोली हुँदै, सी चिनफिङद्वारा महत्वपूर्ण सम्बोधन हुने

काठमाडौं, २०७८ असार २१ गते सोमबार । चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका प्रवक्ता हु चाउमिङले  जुलाई ५ तारिख चिनियाँ कम्युनिष्ट पार्टी र विश्वका राजनीतिक पार्टीहरूका नेताहरूको शिखर सम्मेलन जुलाई ६ तारिख भिडियोमार्फत आयोजना हुने तथा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङबाट उक्त सम्मेलनमा सम्बोधन गर्नुहुने बताउनुभएको छ। प्रवक्ताका अनुसार, १६० वटा मुलुकका राजनीतिक पार्टी र राजनीतिक संगठनका ५०० जना नेता र करिब दश हजार जना प्रतिनिधि उक्त सम्मेलनमा सहभागी हुने छन्।

यस पटकको सम्मेलन चिनियाँ कम्युनिष्ट पार्टीको स्थापनाको शत वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना हुने महत्वपूर्ण बहुपक्षीय कूटनीटिक कार्यक्रम हो। सीआरआई

Facebook Comments