Sat. Apr 27th, 2024

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाकाे बहस सकियाे, असार २८ गते फैसला हुन सक्ने

काठमाडौं, २०७८ असार २१ गते सोमबार । बहुचर्चित प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको वहस सकिएको छ । सो मुद्धाको पेसी असार २८ गते तोकिएको हुनाले सोही दिन फैसला आउन सक्ने सम्भावना वलियो रहेको सरोकारवालाहरुले बताएका छन् ।

आज सबै पक्षको सुनुवाइ सम्पन्न भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मुद्दा हेर्दा हेर्दैमा राख्ने र अर्को सुनुवाइ असार २८ गते गरिने बताउनुभयो । यसअघिको विघटनको मुद्दामा बहस सकिएपछि सो मुद्दालाइ हेर्दा हेर्दैमा राखिएको र त्यसपछिको पेशीमा फैसला आएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा आजबाट सम्पूर्ण सुनुवाइ सकिएर अदालतले यस दिन फैसला सुनाउने मिति तय गरेको हो ।

आज रिट निवेदक पक्षका वकिलले बहस र एमिकस क्युरीका सदस्यले राय दिएका छन् । एमिकस क्युरीका सदस्यको राय बाझिएको छ । केहीले संसद् पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सुझाव दिएका छन् भने केहीले चुनावमै जान सुझाव दिएका छन् ।

Facebook Comments