Sun. May 19th, 2024

माओवादी नेता पम्फा भुसाललाई मातृशोक

काठमाडौं, २०७८ असार २१ गते सोमबार । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी समिति सदस्य पम्फा भुसाललाई मातृशोक परेको छ । उहाँकी आमा इन्द्रकलाको आज बिहान ९३ वर्षका उमेरमा आफ्नै निवास ललितपुरमा निधन भएको हो ।

उहाँको निधनप्रति अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गर्नुभएको छ । अध्यक्ष दाहालले आज सन्देश दिँदै दिवङ्गत आमाप्रति श्रद्धाञ्जलि अर्पणका साथ नेत्री भुसाललगायत शोकसन्तप्त सम्पूर्ण परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । सभामुख अग्निप्रसाद सापकोटाले पनि स्व भुसालप्रति पशुपति आर्यघाट पुगेर श्रद्धाञ्जलि अर्पण गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

Facebook Comments