Mon. Apr 29th, 2024

आजै मात्र ३ हजार ५ सय ५६ कोरोना संक्रमित थपिए

काठमाडौं, २०७७ असोज २७ गते मंगलबार

नेपालमा मंगलबार कोरोना भाइरसका तीन हजार ५५६ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको चौबीस घण्टामा सो संख्यामा सङ्क्रमित थपिएसँगै कुल संक्रमितको संख्या एक लाख १५ हजार ३ सय ५८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा परीक्षण गरिएकोमा सो संख्यामा सङ्क्रमण पुष्टि भएको जनाएको हो । हाल ३५ हजार ९१५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

गोरखापत्र अनलाईनका अनुसार मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार ५सय ३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको बताएकोे छ । हालसम्म ७८ हजार ७८० सङ्क्रमित निको भएर घर फर्केका छन् । निको हुने दर विगतको तुलनामा केही दिनदेखि कम हुँदै गइरहेको छ ।

पछिल्लो २४ घण्टामा १८ जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड १९ को कारणले मृत्यु हुनेको संख्या ६ सय ६३ पुगेको छ ।

Facebook Comments