Mon. Apr 29th, 2024

चिनिया राष्ट्राध्यक्ष सी चिन फिङको नेपाल भ्रमणको एक वर्ष

- नेपाल-चीन सम्बन्ध

काठमाडौं, २०७७ असोज २६ गते सोमबार
सन् २०१९ को अक्टोबर १२ तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङले नेपालको भ्रमण गर्नुभएको थियो जुन भ्रमण चीनका सर्वोच्च नेताले २३ वर्षपछि गरेको नेपालको भ्रमण थियो। सो भ्रमण क्रममा राष्ट्राध्यक्ष सीले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट-वार्ता गर्नुभएको थियो। सो भेटमा दुई देशका राष्ट्रनायकले आपसी सहयोग र साझा विजयको भावनाको आधारमा चीन र नेपालका विकास र समृद्धिका लागि युगौं युगसम्म मैत्रीपूर्ण रणनीतिक, सहयोगात्मक र साझेदारी सम्बन्धको स्थापना गर्ने घोषणा गर्नुभएको थियो।
चालू वर्षको आरम्भमा विश्वमा कोरोना भाइरस महामारी देखा परेको छ। तथापि राष्ट्राध्यक्ष सीको नेपालको भ्रमणको एक वर्षयता चीन र नेपाल बीचको सहयोग महामारीको अवरोधमा पनि अघि बढेको छ। चालू वर्षको अप्रिल २७ तारिख, राष्ट्राध्यक्ष सीले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग टेलिफोन वार्ता पनि गर्नुभएको थियो।
सीका अनुसार, चीनले कोरोना भाइरस महामारीको प्रतिरोध गर्ने निर्णायक अवस्थामा नेपाल सरकार र नेपाली जनताले चीनलाई दृढताका साथ समर्थन दिएको थियो। जसबाट चिनियाँ जनताप्रति नेपाली जनताको गहिरो मित्रता देखाइएको छ। यसका साथै नेपालमा महामारीको पछिल्लो स्थितिलाई चीनले ध्यान दिनुका साथै नेपाललाई समर्थन र सहयोग पुर्याइरहेको छ। चालू वर्षको अगष्ट १ तारिख चीन र नेपाल बीचको दौत्य सम्बन्ध स्थापना भएको ६५ औं वार्षिकोत्सवको उपलक्ष्यमा राष्ट्राध्यक्ष सी र नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले एक-अर्कालाई बधाई सन्देश पनि पठाउनुभएको थियो।
राष्ट्राध्यक्ष सीले नेपालको भ्रमण गर्नुभएको पहिलो वार्षिकोत्सवको उपलक्ष्यमा दुवै देशले विभिन्न क्षेत्रमा दुई पक्ष बीच गत वर्ष सम्पन्न सहमतिलाई क्रमश: व्यवहारमा उतारिरहेका छन्। दुई देश बीचको सहयोगमा अरु बढी उपलब्धि हासिल गर्ने र चीन-नेपाल सम्बन्ध एउटा नयाँ उचाइमा पुग्ने विश्वास गरेका छौं।
Facebook Comments