Tue. Mar 18th, 2025 05:14:12

प्रदेशको विवाद केन्द्रसम्म पुग्यो, मुख्यमन्त्रीसहित कर्णाली प्रदेश कमिटीका पदाधिकारीलाई नेकपाले काठमाडौं बोलायो

काठमाडौं, २०७७ असोज २७ गते मंगलबार

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको राजीनामा माग सम्बन्धि विवादले अन्तत केन्द्रिय राजनीति समेत तातेको छ । कर्णाली प्रदेशको संसदीय दलमा विवाद बढेपछि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रदेश कमिटीका पदाधिकारीसहित मुख्यमन्त्रीलाई बिहीबार काठमाडौं बोलाउनु भएको छ ।

मंगलबार बालुवाटारमा दुई अध्यक्षबीच भएको छलफलपछि प्रदेश कमिटीका पदाधिकारी, मुख्यमन्त्री र असन्तुष्ट सांसदहरुलाई काठमाडौं बोलाएको सचिवालयका एक नेताले जानकारी दिए ।

कान्तिपुर अनलाईनका अनुसार दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि विवाद बढेको थियो । उनीहरुलाई काठमाडौं झिकाएपछि मंगलबार अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच भएको सहमति तत्काललाई रोकिएको छ ।

नेपाल पक्षका केही सांसदलाई मन्त्री र एकजना सांसदलाई सचेत बनाउन सहमति भएको थियो । उक्त सहमतिपछि अविश्वासको प्रस्तावका लागि हस्ताक्षर गरेका नेता नेपाल निकट सांसद फिर्ता भएका थिए ।

नेकपा कर्णाली प्रदेश कमिटीमा इन्चार्ज जनार्दन शर्मा, सहईन्चार्ज यमलाल कँडेल, अध्यक्ष गोरखबहादुर बोगटी र सचिव मयाप्रसाद शर्मा रहनु भएको छ ।

Facebook Comments