Tue. Apr 30th, 2024

समयमै मल आयात नगरेका दुई कम्पनीको ठेक्का रद्द, जमानत जफत

कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसाल ।

काठमाडौं, २०७७ भदौं २१ गते आईतबार

समयमै मल आयात नगर्ने शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलको ठेक्का सम्झौता सरकारले रद्द गरेको छ । भदौ २० गतेसम्म आयत गरिसक्नु पर्ने मल आयात नगरेपछि सरकारले ठेक्का रद्द गरी धरौटी रकम जफत गर्ने निर्णय गरेको हो ।

शैलुङको करिब ४ करोड ८० लाख र होनिकोको करिब ४ करोड ८० लाख धरौटी जफत हुनेछ । कृषि सामग्री कम्पनीका अनुसार आर्थिक बर्ष २०७६/७७को लागि यी दुई कम्पनीले २५/२५ हजार मेट्रिक टन ठेक्का सम्झैता गरेका थिए ।

कृषि मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा कृषि तथा पशुपंछी मन्त्री घनश्याम भुसालले शैलिङको ४ करोड ८० लाख र होनिकोको ४ करोड ८ धरौटी रकम जफत गर्ने निर्णय भएको जानकारी दिए ।

यसैबीच कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मल कारखानाको सम्भाव्यता अध्ययन गर्न कृषि सचिव राजेन्द्र भारीको संयोजकत्वमा उच्च स्तरीय समिति गठन गरेको छ ।

कृषि मन्त्री घनश्‍याम भुसालले हरेक पेट्रोलियम प्रदार्थ सरह विभिन्न मुलुकसँग सम्झैता गरेर मल आयात गर्नेगरी छलफल भइरहेकको सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बताए । उनले भने,‘करिब ४ महिनाभित्र गर्न सक्छौं भन्ने लागेको छ, सम्झैता भए दशकौं देखिको मलको समस्या समाधान हुन्छ ।’ कान्तिपुर अनलाईनबाट

Facebook Comments