Tue. Apr 1st, 2025 12:34:58

चीन-पाकिस्तान आर्थिक करिडोर निर्माण उच्च गुणस्तरीय विकासको नयाँ अवधिमा प्रवेश

काठमाडौं, २०७७ भदौं ६ गते शनिबार

चीनको राज्य परिषद्का सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले अगष्ट २१ तारिख हाइनान प्रान्तको पाउ थिङमा पाकिस्तानी विदेश मन्त्री शाह माहमुद कुरेशीसँग दोस्रो चीन-पाकिस्तान रणनीतिक संवार्ताको आयोजना गर्नुभएको छ।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार उक्त संवार्ता भएपछि दुवै देशका परराष्ट्र मन्त्रीले पत्रकारसँग कुराकानी गर्दै के मतैक्यता प्राप्त गर्नुभएको छ भने दुवै देशका जनताका लागि अझ बढी हितकल्याणको सिर्जना गर्न बेल्ट एण्ड रोडको निर्माणलाई तीव्र पारिनेछ।

हाल चीन-पाकिस्तान आर्थिक करिडोरको निर्माण उच्च गुणस्तरीय विकासको नयाँ अवधिमा प्रवेश भएकाले निरन्तर रुपमा पाकिस्तानको पुनरुत्थानका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै जानेछ। दुवै पक्षले सकेसम्म छिटो गरी निर्माणाधीन परियोजनालाई सिध्याउने, अझ बढी रोजगारीका अवसरको सिर्जना गर्ने, जोडतोडसँग जनजीवनको सुधार गर्ने, गरिबी निवारण, चिकित्सा र स्वास्थ्य तथा कृषि आदि क्षेत्रमा रहेका सहयोगलाई मजबुत पार्दै जानेछन्।

Facebook Comments