Tue. Apr 1st, 2025 02:01:20

अमेरिका तथा चीनबीच संवार्तालाई कायम राख्नुका साथै सहकार्य र मतैक्यता खोज्नुपर्ने: चीनका लागि अमेरिकी पूर्व राजदूतको भनाई

काठमाडौं, २०७७ भदौं ६ गते शनिबार

हाल अमेरिका-चीन सम्बन्धका सामु कठिनाई देखा परे तापनि दुवै पक्षले संवार्ताको आदान-प्रदानलाई कायम राख्नुका साथै आपसी सहकार्य हुनसकिने क्षेत्र खोजेर भेदभाव भएका बेला पनि एकले अर्काको सम्मान गर्नुपर्ने कुरा चीनका लागि अमेरिकी पूर्व राजदूत माक्स एस.बाउकसले बताउनुभएको छ।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार हाल पूर्व राजदूत बाउकसले जन-दैनिक अखवारलाई अन्तर्वार्ता दिंदै अमेरिका र चीन दुवै देशका अर्थतन्त्रबीच घनिष्ट सम्बन्ध रहेकाले विच्छेद गर्न निकै गाह्रो हुने कुरामा जोड दिनुभएको छ। उहाँका अनुसार, केही दिनअघि अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले निक्सन राष्ट्रपति पुस्तकालयमा सम्बोधन गर्दै चीन सम्बन्धी निक्सन राष्ट्रपतिको नीतिको आधारभूत अडानमाथि शंका लाग्नुका साथै अमेरिकाले चीनसँगको सहकार्य बन्द गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए। त्यो एक किसिमको गलत विचार हो। त्यसबाट अझ बढी प्रतिद्वन्दिता बढ्नुका साथै अझ बढी समस्या मच्चाउन सकिनेछ।

हाल केही अमेरिकी राजनीतिज्ञले जनमतलाई उत्तेजित पार्ने तरिकामार्फत आफ्नो निर्वाचनका लागि ध्यानाकर्षण गर्न खोजेको कुराप्रति आफू निकै चिन्तित रहेको कुरा पनि पूर्व राजदूत बाउकसले बताउनुभएको छ।

Facebook Comments