Sat. Apr 27th, 2024

अमेरिकामा चिनिया सफ्टवेयर “टिक टक”माथि प्रतिवन्ध

काठमाडौं, २०७७ साउन १९ गते सोमबार

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चाँडै केही चिनियाँ सफ्टवेयरमाथि कारबाही गर्ने बताउनुभएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले हालै चिनियाँ अनुप्रयोग टिक टकलाई अमेरिकामा प्रतिबन्ध लगाउने  विचार व्यक्त गर्नुभयो।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ् वन पिनले आज आयोजित पत्रकार सम्मेलनमा अमेरिकाले अपराधको अनुमान गरेर विना प्रमाण सम्बन्धित कम्पनीहरूलाई धम्की दिएको र यसले बजार अर्थतन्त्रका सिद्धान्तहरू, डब्ल्यूटीओको खुलापन, पारदर्शिता, र भेदभाव सिद्धान्तको उल्लंघन गर्ने बताउनुभयो।

‘चीनले यसको कडाईका साथ विरोध गर्दछ,’ प्रवक्ता वाङले भन्नुभयो, ‘हामी अमेरिकाका केही मानिसहरूलाई अन्तर्राष्ट्रिय समुदायको आवाज ध्यान दिएर सुन्न, अमेरिकामा लगानी गर्न र सञ्चालन गर्न सबै देशका व्यवसायहरूलाई खुला, निष्पक्ष, र भेदभावरहित वातावरण प्रदान गर्न र आर्थिक तथा व्यापारिक मुद्दाहरूको राजनीतिकरण रोक्न आग्रह गर्दछौं।’

 

Facebook Comments