Fri. Apr 26th, 2024

ट्रम्पको ‘टिक टक’ दमनप्रति अमेरिकी मिडिया चिन्तित

काठमाडौं, २०७७ साउन १९ गते सोमबार

अमेरिकाको “वाल स्ट्रिट जर्नल” ले अगस्ट १ तारिख जनाएअनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधका कारण माइक्रोसफ्टले टिक टकको अमेरिकी व्यवसाय खरिद सम्बन्धी वार्ता स्थगित गरेको छ।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार अगस्ट १ तारिख बिहान, टिक टक अमेरिकाका महाप्रबन्धक भानेसा पाप्पासले ट्वीटरमा एक भिडियो पोस्ट गर्दै टिक टक अमेरिकामा लामो समयसम्म चल्ने र अमेरिकामा अधिक रोजगारी सिर्जना गर्ने योजना बनाइरहेको बताउनुभएको थियो।

अगस्ट १ तारिख द हिलको एक रिपोर्ट अनुसार, टिक टकका प्रवक्ताले एक वक्तव्यमा १० करोड अमेरिकी प्रयोगकर्ताले खास गरी कोभिड १९ महामारीको समयमा मनोरञ्जन र सञ्चारका लागि टिक टक प्लेटफर्मको प्रयोग गरेका छन्।

अमेरिकी सरकारले टिक टकलाई यस आधारमा प्रतिबन्ध लगायो कि “सफ्टवेयरले अमेरिकी नागरिकबाट सूचना चोर्नेछ र अमेरिकी सुरक्षामा क्षति पुर्‍याउने चिन्ता छ।”

सीएनएनका अनुसार, अमेरिकामा टिक टकका १० करोड प्रयोगकर्ता छन्, र धेरै व्यक्ति यसलाई व्यवसाय थाल्न र जीविका चलाउनको लागि प्रयोग गर्दछन्। अब यी प्रयोगकर्ताहरूले यो अवसर गुमाउन सक्दछन्।

“फोर्ब्स”ले टिक टकमा प्रतिबन्ध लगाउँदा ट्रम्पको आमनिर्वाचनका लागि विपत्तिजनक परिणामहरू हुनसक्ने टिप्पणी गरेको छ।

Facebook Comments