Thu. Sep 19th, 2024

नेपाली भूमि फिर्तापछि नक्सा जारी हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं, २०७७ बैशाक ३१ गते बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग वार्तापछि मिचिएको नेपाली भूमिसहितको नक्सा जारी हुने बताउनु भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबारको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले त्यस्तो बताउनु भएको हो ।

प्रधानमन्त्री ओलीले  नेपालले वार्ताका लागि प्रयास जारी राखिरहेकै वेला एकतर्फी रूपमा भारतले सडक उद्घाटन गरेको भन्दै तत्काल भारतीय राजदूतमार्फत कूटनीतिक नोट पठाएर विरोध र असहमति राखिएको पनि जानकारी गराउनु भयो । त्यस्तै, उहाँले सबै राजनीतिक दलको साझा मत र राष्ट्रिय एकतासहित सीमा समस्या समाधान गर्न सरकारले पहल अघि बढाउनेसमेत जानकारी गराएको जनता समाजवादी पार्टीका नेता शरतसिंह भण्डारीले जानकारी दिनुभयो ।

बैठकमा नेकपाका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, जनता समाजवादीका नेताहरू महन्थ ठाकुर, शरतसिंह भण्डारी, नेमकिपाका नेता प्रेम सुवाललगायतले सुझाब व्यक्त गर्नुभएको थियो । नयाँ पत्रिका दैनिक अनलाईनबाट

Facebook Comments