Thu. Sep 19th, 2024

चिनियाँ जनमुक्ति सेनाद्वारा स्वास्थ्य सामग्री सहयोग

काठमाडौं, २०७७ बैशाक ३१ गते बुधबार

चिनियाँ जनमुक्ति सेनाको एयर फोर्सले नेपाली सेनाका लागि सहयोगबापत दिएको मेडिकल सामग्री काठमाडौं आईपुगेको छ । बुधबार बिहान चीनको छङ्तुबाट काठमाडौं आएको चिनियाँ सेनाको विमानले मेडिकल समाग्री ल्याएको हो ।

मेडिकल समाग्री बोकेको चिनियाँ जनमुक्ति सेनाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ९ बजेतिर अवतरण गरेको अनलाइन खबरले जनाएको छ।

स्वास्थ्य सामग्रीमा मास्क, गगल्स, पीपीई, बुट, बुट कभर, ग्लोब, थर्मोमिटर लगायतका सामग्री रहेको भन्सार विभागका एक अधिकारीले जानकारी दिएका छन्। ‘यो सामग्री नेपाली सेनाका लागि सहयोगबापत आएको हो,’ ती अधिकारीले भने, ‘कोभिड-१९ विरुद्ध लड्न सेनाले यो सामग्री प्रयोग गर्नेछ।’

सेनाले कति परिमाणको मेडिकल समाग्री प्राप्त गर्यो भन्ने कुरा खुलाइएको छैन।

यसअघि चीन सरकारले नेपाल सरकारलाई पनि मेडिकल सामग्री सहयोग गरेको थियो ।

Facebook Comments