Sat. Jun 14th, 2025

रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा   

काठमाण्डू, २०८२ जेठ ५ गते सोमबार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा आज ‘हेर्न नमिल्ने’ मा परेको छ ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको संयुक्त इजलासमा पेसी तोकिएको भए पनि हेर्न नमिल्ने भएपछि सुनुवाइ हुन नसकेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिनुभयो ।

बन्दीप्रत्यक्षीकरणको उक्त निवेदनमा आज पनि हेर्न नमिल्ने परेको थियो । अब उक्त निवेदनमाथि मङ्गलबार सुनुवाइ हुनेछ । रासस

Facebook Comments