चीनका राष्ट्राध्यक्ष सी चिनफिङ रुसमा
मे ७, २०२५ मा रूसको मस्कोस्थित भ्नुकोभो विमानस्थलमा भव्य स्वागत समारोहमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले गार्ड अफ अनरको निरीक्षण गर्दै । फोटो : सिन्ह्वा
काठमाण्डू, २०८२ वैशाख २५ गते बिहीबार । चीनका राष्ट्राध्यक्ष सी चिनफिङ रुसको औपचारिक भ्रमणका लागि मस्को पुग्नु भएको छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा राष्ट्राध्यक्ष सी रूसको राजकीय भ्रमण तथा सोभियत संघको महान देशरक्षा युद्ध बिजयको ८०औँ वार्षिकोत्सव समारोहमा सहभागी हुन बुधबार राति विशेष विमानद्वारा मस्को पुग्नुभएको हो।

उहाँको सम्मानमा रूसी उप प्रधानमन्त्री ताजियान्ना गोलेकोभा लगायतका सरकारी उच्च पदाधिकारीहरू मस्को भ्नुकोभो विमानस्थलमा उपस्थित हुनुभएको थियो । सीजिटिएन


