Wed. Dec 25th, 2024

तिब्बतका अति गरिब सबै जिल्ला गरिबी अवस्थाबाट मुक्त

काठमाडौं, २०७७ असोज २९ गते बिहीबार

चीन सरकारले तिब्बतका विभिन्न जातिका मानिसहरूको अति गरिबीको समस्या हटाइसकेको  जनाएको छ । तिब्बतभरिका ७४ वटा अति गरिब जिल्लाका सबै गरिबी अवस्थाबाट मुक्त भएका छन्। सो जानकारी अक्टोबर १५ तारिख आयोजित तिब्बतमा गरिबी निवारण पत्रकार सम्मेलनबाट प्राप्त गरिएको हो।

सीआरआईका अनुसार चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत शाखाका महासचिव उ यीङचेले पत्रकार सम्मेलनमा दिनुभएको जानकारी अनुसार, सन्२०१९को अन्तसम्म तिब्बतका ७४ वटा अति गरिब जिल्लाका ६ लाख २८ हजार जनसंख्या सबै गरिबीबाट मुक्त भएका छन्। तिनीहरूको खुद आम्दानी सन् २०१५को १४९९ देखि सन् २०१९को ९३२८ सम्म बढेको छ।

यीङचेका अनुसार, गरिबी निवारणबाट गरिबहरूको विचारमा पनि परिवर्तन पारिएको छ । साथै तिब्बतमा बस्ने विभिन्न जातिका किसान तथा पशुपालकहरूको जीवन बिताउने तरिका पनि परिवर्तित भएको छ। तिब्बतमा ती गरिबहरू गरिबी अवस्थाबाट मुक्त पारिने विशेषतायुक्त उद्योगको विकास भएपछि ६ लाख २८ जनाले सुखी जीवन बिताउन थालेका छन्।

Facebook Comments