Mon. Apr 20th, 2026

रेशम चौधरीलाई पक्राउ गर्न अनधिकृत पत्र पठाउने सर्वोच्च अदालतका शाखा अधिकृत विष्ट पक्राउ

       

काठमाण्डू, २०८२ वैशाख १७ गते बुधबार । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न भन्दै डिल्लीबजार कारागारलाई पत्र पठाएका सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई प्रहरीले पक्राउ गरेको छ ।

विष्टलाई सर्वोच्च अदालत परिसरबाटै पक्राउ गरेर जिल्ला प्रहरी परिसर भद्रकाली लगिएको छ । विष्टको नामबाट जारी भएको पत्र शंकास्पद र कानुनसम्मत नभएपछि विष्टलाई पक्राउ गरिएको बताइएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले विष्ट पक्राउ परेको पुष्टि गर्नुभएको छ ।उहाँका अनुसार यसअघि चौधरी पक्राउका लागि पत्र लेख्ने विष्टमाथि अनुसन्धान गर्न सर्वोच्च अदालतबाट आदेश जारी भएको थियो । प्रवक्ता आचार्यले भन्नुभयो, “पत्र काट्ने मान्छेमाथि  अनुसन्धान गर्न सर्वोच्च अदालतबाट आदेश आएको हो ।”

Facebook Comments