Sat. Jun 20th, 2026

रेशम चौधरीलाई प्रहरीले डिल्लीबजार कारागारमा बुझायो

       
काठमाण्डू, २०८२ वैशाख १७ गते बुधबार । पार्टी एकता घोषणा सभामा पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई प्रहरीले डिल्लीबजार कारागार बुझाएको छ । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता घोषणा सभामा पुगेका निजलाई केहीबेर अघि जिल्ला प्रहरी परिसर काठमाण्डूको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।
सर्वोच्च अदालतको फैसला कार्यान्वयनसम्बन्धी आदेशबमोजिम उहाँलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाइएको काठमाण्डू परिसरका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । संरक्षक चौधरीलाई कैलालीको टीकापुर घटनाको मुख्य योजनाकारको रुपमा रहेको भन्दै सर्वोच्चले जन्मकैदको फैसला गरेको थियो ।
सोही मुद्दामा लामो समय कारागार बस्नुभएका चौधरी गणतन्त्र दिवसका अवसरमा कैद माफी मिनाहा भएर रिहा हुनुभएको थियो । रासस
Facebook Comments

सम्बन्धित समाचार