Sat. Jul 27th, 2024

चिनिया राष्ट्राध्यक्ष सीको नेपालप्रतिको प्रेम भावना

काठमाडौं, २०७७ असोज २६ गते सोमबार

“नेपालको यो भ्रमण मेरो पहिलो हो, तथापि मेरो लागि नेपाल अपरिचित छैन। यहाँका शानदार र सुन्दर हिमालय तथा विशिष्ट संस्कृतिले मलाई विशेष आकर्षण गरेको छ। मैले धेरै पटक चीन भ्रमणमा आउनुभएका नेपाली नेताहरुसँग भेटघाट गरी उहाँहरुसँग गहिरो मित्रता गाँसेको छु। साथै यस मनोहर भूमिमा गएर नेपाली साथीहरुसँग मित्रता बढाउने, सहयोगबारे कुराकानी गर्ने र दुई देश बीचको सम्बन्धको विकासको नयाँ खाकाबारे कुराकानी गर्ने अपेक्षा पनि गरेको थिएँ।” सन् २०१९ मा नेपालको राजकीय भ्रमणअघि “हिमालय पार गर्ने मित्रतालाई नयाँ उचाइमा पुर्‍याऔं” शीर्षकमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङको नामसहित उक्त लेख नेपाली समाचार-पत्रमा छापिएको थियो। उक्त लेखमा भनिएजस्तै, राष्ट्राध्यक्ष सीले नेपालको विकासलाई ध्यान दिइ नेपाल “बेल्ट एण्ड रोड” प्रस्तावमा सहभागी भएकोमा नेपाललाई हार्दिक स्वागत गर्नुभएको थियो। यसका साथै उहाँले आपसी सहयोगलाई सबल पारी उज्ज्यालो भविश्य सिर्जना गर्न आह्वान पनि गर्नुभएको थियो।
सन् २०१५ को मार्च २८ तारिख राष्ट्राध्यक्ष सीले हाई नान प्रान्तको पो आउ राष्ट्रिय अतिथि भवनमा नेपालका निवर्तमान राष्ट्रपति रामवरण यादवसँग भेटघाट गर्नुभएको थियो। राष्ट्राध्यक्षको पद सम्हालेपछि सीले नेपालका राष्ट्रपतिसँग गर्नुभएको यो भेटघाट पहिलो थियो। सो भेटघाटमा सीले चीन र नेपाल असल छिमेकी मुलुकहरु हुन् भन्दै ठूलो र सानो मुलुक बीच शान्तिपूर्ण सह-अस्तित्व र आपसी हित तथा सहयोगका लागि एउटा नमूना रहेको औंल्याउनुभएको थियो।

त्यसपछि राष्ट्राध्यक्ष सीले सन् २०१६ को मार्च २१ तारिख र सन् २०१८ को जुन २० तारिख पैचिङमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गर्नुभएको थियो। यस अवसरमा उहाँले दुई मुलुकका सरकारले विभिन्न क्षेत्रमा रहेको व्यावहारिक सहयोग विस्तार गर्नसक्ने र चीन-नेपाल संयुक्त समुदायको स्थापना गर्नसक्ने आशा लिनुभएको थियो।

यसै गरी सन् २०१९ को अप्रिल २९ तारिख राष्ट्राध्यक्ष सीले बृहत् जन सभा भवनमा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट-वार्ता गर्नुभएको थियो। दोस्रो “बेल्ट एण्ड रोड” अन्तर्राष्ट्रिय सहयोग शिखर सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी पैचिङ आउनुभएको थियो।

यस अवसरमा राष्ट्राध्यक्ष सीले चीन र नेपाल असल छिमेकी मुलुक हुन् र युगौंयुगदेखि दुई देश बीचको मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको भन्दै दुई मुलुकका जनता बीचको इच्छा समान रहेको बताउनुभएको थियो। राष्ट्राध्यक्ष सीले नेपालले “बेल्ट एण्ड रोड”मा सक्रियताका साथ भाग लिएर संयुक्त रुपमा निर्माणमा अग्रसर भएकोमा चीनले नेपालको प्रशंसा गरेको भन्दै चीन र नेपालले पूर्वाधारको निर्माण लगायत क्षेत्रको सहयोगलाई सबल पार्ने, चीन-नेपाल आर्थिक सहयोग क्षेत्रको निर्माणलाई निरन्तर रुपमा अघि बढाउने बताउनुभयो। नेपालको आर्थिक तथा सामाजिक विकासको निरन्तर रुपमा चीनले समर्थन गर्ने पनि उहाँले प्रकट गर्नुभएको थियो।

सन् २०१९ को अक्टोबर १२ तारिख राष्ट्राध्यक्ष सीले नेपालको राजकीय भ्रमण गर्नुभएको थियो। २३ वर्षपछि चीनका राष्ट्राध्यक्षले नेपालको भ्रमण गर्नुभएको यो पहिलो हो। सो ऐतिहासिक भ्रमणलाई चीन-नेपालबीचको सम्बन्धमा नयाँ परिभाषाबाट व्याख्या गरिएको थियो। जुन अर्थपूर्ण छ।
भेटका अवसरमा दुई देशका उच्च नेताले संयुक्त रुपमा चीन नेपाल विकास र समृद्धितिर उन्मुख हुने युगौंयुगको मैत्रीपूर्ण रणनीतिक साझेदारी सम्बन्धको स्थापना गर्ने घोषणा गर्नुभएको थियो।

भ्रमणको अवधिमा नेपाल र चीन दुवै पक्ष बीच शृंखलाबद्ध सहकार्य सम्झौता सम्पन्न भएकाले दुवै देश बीच सहकार्यको नयाँ अध्याय पनि खोलेको छ। चीन र नेपाल बीच बेल्ट एण्ड रोडको साझा निर्माणको भविष्य अझै उज्ज्वल हुनेछ। आकस्मिक रुपमा देखा परेको नयाँ कोरोना महामारीको सामना गर्दै सन् २०२० को अप्रिल २७ तारिख राष्ट्राध्यक्ष सी चिनफिङले नेपाली राष्ट्रपति विद्यादेवी भण्डारीलाई टेलिफोन गर्नुभएको थियो।

टेलिफोन वार्तामा राष्ट्राध्यक्ष सीले चीनको महामारीको नियन्त्रण र प्रतिरोधको सबैभन्दा जटिल तथा अप्ठ्यारो अवसरमा नेपाल सरकार र नेपाली जनताले चीनलाई गरेको दृढ समर्थनबाट नेपाली जनताले चिनियाँ जनताप्रति लिएको गहिरो भावना र मित्रता प्रतिबिम्बित भएको कुरामा जोड दिनुभएको थियो। चीनले सधैं नै नेपालको महामारी अवस्थाको ख्याल विचार गर्नुका साथै निरन्तर रुपमा महामारी प्रतिरोधका लागि नेपाललाई सशक्त समर्थन गर्दै जानेछ। वार्ता क्रममा दुवै देशका स्वास्थ्य र चिकित्सा संस्थाहरू बीचको आदानप्रदान र सहकार्यलाई मजबुत पार्न सकिने आशा पनि राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभएको थियो।

चीन सरकारले नेपाललाई महामारी प्रतिरोध सामग्री हस्तान्तरण समारोह सन् २०२० को मे ११ तारिख काठमाडौंमा आयोजना गरेको थियो।सन् २०२० को मे ९ र १० तारिख गरी दुई चरणमा चीन सरकारले नेपाललाई महामारी प्रतिरोध सामग्री काठमाडौंसम्म पुर्‍‍याएको थियो। सन् २०२० को अगष्ट १ तारिख राष्ट्राध्यक्ष सी चिनफिङ तथा नेपाली राष्ट्रपति विद्यादेवी भण्डारीबीच एकले अर्कालाई शुभकामना सन्देश पठाउनुभएको थियो।

दुवै देशका राष्ट्रनायकले आ-आफ्नो सन्देशमा दुई देश बीचको दौत्य सम्बन्ध कायम भएको ६५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा हार्दिक बधाई व्यक्त गर्नुभएको छ। दुवै देशले एउटै डुङ्गामा चढेर एकले अर्कालाई सहायता दिनुका साथै काँधमा काँध मिलाएर नयाँ कोरोना महामारीको प्रतिरोध गरेकाले चीन नेपाल मित्रताको नयाँ अध्याय पनि लेखेको छ।

राष्ट्राध्यक्ष सी चिनफिङको नेपालको राजकीय भ्रमणपछि दुवै देशका विभिन्न क्षेत्रले सक्रियताका साथ भ्रमणमा सम्पन्न विविध उपलब्धिलाई व्यवहारमा उतार्दै आएका छन्। नेपाल भ्रमण गरेको १ वर्षको उपलक्ष्यमा भ्रमणको उपलब्धिमध्येको एक अर्थात् नेपालको दरबार हाइस्कुलको पुनःनिर्माण कार्य पनि निर्धारित योजना अनुसार सम्पन्न भएको छ।

दुवै देशले मैत्रीपूर्ण परम्परालाई राम्ररी बिंडो थाम्नु र उत्तराधिकार गर्नुका साथै यथावत् रुपमा आदान प्रदान र सहकार्यलाई बढाएर अवश्य नै दुवै देश बीच हिमालय वारपार गरिने मित्रतालाई नयाँ उचाइमा पुर्‍याउनसक्ने विश्वास राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभएको छ।

Facebook Comments