सुनको मूल्यले बनायो फेरि अर्को नयाँ रेकर्ड
भिओके समाचार/ काठमाण्डू, २०८२ वैशाख ४ गते बिहीबार । सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३६ सय रुपैयाँले बढेर १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको छ ।
यसअघि बुधबार (वैशाख ३ गते) सुनको मूल्यमा रेकर्ड कायम भएको थियो । सो दिन छापावाल सुन प्रतितोला २७ सय रुपैयाँले बढेर १ लाख ८७ हजार रुपैयाँ पुगेको थियो ।
Facebook Comments

