सुनको मूल्य निरन्तर उकालो : आज तोलाको रू एक लाख ८७ हजार कायम
काठमाण्डू, २०८२ वैशाख ३ गते बुधबार । सुनको मूल्य तोलाको रु. १ लाख ८७ हजार पुगेको छ । यो हालसम्मकै उच्च हो । मङ्गलबार प्रतितोला रु. १ लाख ८४ हजार ३०० मा कारोबार भएको सुन आज तोलामा रु दुई हजार ७०० बढेर रु एक लाख ८७ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य तोलाको रु. १ हजार ९५५ कायम भएको छ । अघिल्लो दिन कारोबारको तुलनामा आज चाँदीको मूल्य तोलामा रु १० बढेको हो । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस तीन हजार २८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
Facebook Comments

