Sat. Jul 27th, 2024

कर्णाली प्रदेश अस्पतालका वरिष्ठ डाक्टरकाे काेराेनाबाट ज्यान गयाे

काठमाडौं, २०७७ असोज १५ गते बिहीबार

भेरी अस्पताल नेपालगञ्जमा उपचाररत एक जना डाक्टरकाे कोरोना सङ्क्रमणका कारण बिहीबार ज्यान गएकाे छ ।

उज्यालो अनलाईनका अनुसार कोरोना सङ्क्रमण भएपछि भेरी अस्पतालमा भर्ना हुनुभएका सुर्खेत प्रादेशिक अस्पतालका डाक्टरकाे बिहीबार दिउँसाे ज्यान गएकाे बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो । उहाँ प्रादेशिक अस्पतालमा वरिष्ठ अर्थाेपेडिक सर्जनकाे रुपमा कार्यरत हुनुहुन्थ्याे ।

कोरोना सङ्क्रमण भइ गम्भीर बिरामी भएपछि उहाँलाई केही दिनअघि प्लाज्मा थेरापीबाट समेत उपचार गरिएको थियो ।

Facebook Comments