Sat. Jul 27th, 2024

सरकारको मुख्यसचिवमा बैरागी, राजदूतमा खतिवडा र रेग्मी सिफारिस

काठमाडौं, २०७७ असोज १५ गते बिहीबार

सरकारले मुख्य सचिवमा शंकरदास बैरागीलाई नियुक्त गरेको छ । बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैरागी हाल परराष्ट्र सचिव हुनुहुन्छ ।

त्यस्तै, अमेरिकाका लागि नेपाली राजदूतमा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाको नाम सिफारिस गरेको छ भने बेलायतका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मीको नाम सिफारिस गरेको छ । लोकदर्शन रेग्मी वहालवाला मुख्यसचिव हुनुहुन्छ ।

यसैगरी बैठकले डाक्टर निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको लागि राजदूतमा सिफारिस गरेको छ । डा. विश्वकर्मा कपिलबस्तुका हुनुहुन्छ ।

परराष्ट्र सचिव शंकरदास वैरागी, पर्यटन सचिव केदारबहादुर अधिकारी र सार्वजनिक खरिद अनुगमनको कार्यालयका सचिव मोहनकृष्ण सापकोटा मुख्य सचिवको दौडधुपमा हुनुहुन्थ्यो । तर शंकरदास वैरागीले मुख्यसचिव पदमा अरुलाई उछिन्न सफल भई भाग्यमानी ठहरिनु भएको छ ।

कात्तिक ३ गते अवकाश पाउने रेग्मीले त्यसको २ साताभन्दा अघि नै राजीनामा दिएकाले परराष्ट्र सचिव वैरागी मुख्यसचिव हुनु भएको हो । आजै बसेको मन्त्रिपरिषद् बैठकले यसअघि मुख्य सचिव रहनु भएका रेग्मीलाई सरकारले बेलायतको राजदूत सिफारिस गरेको छ ।

स्रोतका अनुसार रेग्मीलाई बेलायतको राजदूत बनाउने सर्तमा राजीनामा गर्न लगाएर परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्यसचिव बनाउने तयारी भइरहेको प्रयास सफल भएको छ ।

Facebook Comments