Tue. Apr 22nd, 2025

प्रतिनिधिसभाको बैठक सर्‍यो   

काठमाण्डू, २०८१ चैत १५ गते शुक्रबार । प्रतिनिधिसभाको आज बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसोका लागि सरेको छ ।

सङ्घीय संसदका महासचिव पद्यप्रसाद पाण्डेयले आज जारी गरेको बैठक बस्ने समय परिर्वतसम्बन्धी सूचनामा ११ बजे बस्ने भनिएको बैठक दुई घण्टाका लागि सरेको हो ।

राससका अनुसार  सूचनामा विशेष कारणले निर्धारित समयमा बस्ने नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम २ को प्रतिबन्धात्मक वाक्याशं बमोजिम सभामुख देवराज घिमिरेले उक्त समय निर्धारण भएको उल्लेख छ ।

Facebook Comments