Wed. Jun 10th, 2026

ट्रम्पको व्यापार युद्धपछि रुबियो क्यानाडा प्रस्थान

       

जेद्दा (साउदी अरेबिया), २०८१ फागुन २८ गते बुधबार । अमेरिकी विदेशमन्त्री मार्को रुबियो राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको उच्चस्तरीय भ्रमणमा बुधबार क्यानाडाका लागि प्रस्थान गर्नुभएको छ ।

ट्रम्पले संयुक्त राज्य अमेरिकाको छिमेकी क्यानाडाले अस्तित्वको चुनौतीका रूपमा वर्णन गरेको व्यापार युद्ध सुरु गर्नुभएको छ ।

रुबियो क्युबेकको चार्लोभिक्समा विदेशमन्त्रीहरूको जी७ वार्तामा भाग लिनुहुनेछ । त्यहाँ उहाँले रुसको सन् २०२२ को आक्रमणपछि युक्रेनलाई समर्थन गर्न एकजुट भएका औद्योगिक प्रजातन्त्रहरूको समूहलाई मस्को र किएभ दुवैलाई समझौता गर्न दबाब दिने ट्रम्पको दृष्टिकोणलाई समर्थन गर्न जोड दिने योजना बनाउनुहुनेछ ।

रुबियो असामान्य सर्किट मार्ग लिँदै साउदी बन्दरगाह सहर जेद्दाबाट बुधबार बिहान प्रस्थान गर्नुभयो । जेद्दामा एक दिनअघि उहाँले प्रारम्भिक युद्धविराम योजनाबारे छलफल गर्न शीर्ष युक्रेनी अधिकारीहरूलाई भेट्नुभएको थियो ।

अधिकांश अमेरिकी प्रशासनहरूमा राष्ट्रपति र वरिष्ठ अधिकारीहरूले क्यानडालाई पहिलो गन्तव्य बनाउँछन् र भ्रमणहरूले थोरै ध्यान आकर्षित गर्छन्, मित्रवत छिमेकीहरू आफ्नो दीर्घकालीन सम्बन्धहरू पुनः पुष्टि गर्नमा केन्द्रित हुन्छन् ।

तर सत्तामा फर्किएपछि ट्रम्पले कम जनसङ्ख्या भएको क्यानाडालाई संयुक्त राज्य अमेरिकाको ‘५१औँ राज्य’ बन्नुपर्ने भनेर खिसी गर्दै र यसमाथि कर लगाएर क्यानाडालाई आघात पुर्याउनुभएको छ ।

क्यानाडा र अन्य अमेरिकी व्यापारिक साझेदारहरूले सबै इस्पात र एल्युमिनियम आयातमा २५ प्रतिशत कर लगाएकै दिन रुबियो क्यानाडा आइपुग्दै हुनुहुन्छ ।

मङ्गलबार ट्रम्पले क्यानाडामा कर दर दोब्बर गर्ने धम्की दिनुभयो तर सबैभन्दा बढी जनसङ्ख्या भएको प्रान्त ओन्टारियोले तीन अमेरिकी राज्यमा बिजुलीमा लगाएको अतिरिक्त महसुल स्थगित गर्न सहमत भएपछि पछि हट्नुभयो ।

रुबिओले क्यानाडाली विदेशमन्त्री मेलानी जोलीसँग भेट्दा सम्भवतः व्यापार तनावबारे छलफल गर्ने स्वीकार गर्नुभयो । यद्यपि दुई देशको अझै पनि जी७ सहित ‘साझा चासो’ रहेको बताउनुभयो ।

“हामीले मिलेर काम गर्ने कुराहरू अहिले हामी असहमत भएका कुराहरूबाट नकारात्मक रूपमा प्रभावित हुन नदिन सम्भव भएसम्म प्रयास गर्नु हाम्रो दायित्व हो”, उहाँले साउदी अरेबिया जाँदै गर्दा पत्रकारहरूलाई भन्नुभयो ।

क्यानडाका निवर्तमान प्रधानमन्त्री जस्टिन ट्रुडोले आइतबार देशले आफ्नो दक्षिणी छिमेकीबाट ‘अस्तित्वको चुनौती’ सामना गर्नुपरेको चेतावनी दिनुभयो ।

चाँडै ट्रुडोको उत्तराधिकारी बन्नुहुने मार्क कार्नीले चेतावनी दिनुभयो, “अमेरिकीहरू हाम्रो स्रोत, हाम्रो पानी, हाम्रो भूमि, हाम्रो देश चाहन्छन् ।”

ट्रम्पले ट्रुडोलाई देशको सीमा निर्धारण गर्ने सन् १९०८ देखिको सन्धि संशोधन गर्न चाहेको बताउनुभएपछि ट्रुडोको चिन्ताको भावना बढेको न्युयोर्क टाइम्सले भर्खरै रिपोर्ट गरेको छ ।

ट्रम्पले सीमा सन्धि उठाउनुभयो कि भएन भन्नेबारे आफूलाई थाहा नभएको रुबियोले बताउनुभयो । यद्यपि उहाँले जी७ वार्तामा यो विषय उठ्ने अपेक्षा नगरेको बताउनुभयो । एएफपी

Facebook Comments