Sat. Jul 27th, 2024

चीनका राष्ट्राध्यक्ष सीद्वारा राष्ट्र संघको ७५ औं महासभालाई सम्बोधन, सम्बोधनप्रति नेपालका बुद्धिजीवीको प्रशंसा

काठमाडौं, २०७७ असोज ७ गते बुधबार

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले सेप्टेम्बर २२ तारिख ७५ औं संयुक्त राष्ट्र संघ महासभाको घनिभूत छलफललाई महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

उहाँले मानव जातिले कोरोना भाइरससँग संघर्ष गर्ने क्रममा विभिन्न मुलुकका जनताले आपसी सहयोग गरी भयङ्कर प्रकोपसमक्ष मानव जातिको उत्साह, संकल्प र माया देखाएर अँध्यारो समयमा उज्ज्यालो प्रकाश छरेको बताउनुभएको छ। मानव जातिले अन्त्यमा कोरोना भाइरसलाई पराजित गर्ने र विश्व जनताले विजय प्राप्त गर्ने पनि उहाँले आफ्नो सम्बोधनमा व्यक्त गर्नुभएको छ।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार उहाँले सम्बोधनमा चीनले विभिन्न मुलुकसँग कोभिड-१९ प्रतिरोध तथा उपचारको अनुभवलाई बाँड्दै जाने, आवश्यक मुलुकलाई समर्थन र सहयोग गर्दै जाने, विश्व कोभिड-१९ प्रतिरोध गर्ने सामग्रीको आपूर्ति श्रृंखलाको स्थिरतालाई प्रत्याभूति गर्ने र सक्रिय रूपमा कोरोना भाइरसको मूलको खोज तथा यसबारेको अध्ययन सम्बन्धमा निरन्तर भाग लिने बताउनुभएको छ। उहाँका अनुसार चीनमा केही खोप तेस्रो चरणको क्लिनिकल परीक्षणमा प्रवेश भएको छ र अध्ययन पूरा भएपछि विश्व सार्वजनिक उत्पादनको रूपमा विस्तार गरिनुका साथै प्राथमिक रूपमा विकासोन्मुख मुलुकलाई प्रदान गरिनेछ।

चीनले दुई वर्षमा दुई अर्ब अमेरिकी डलर बराबरको अन्तर्राष्ट्रिय उद्धार सामग्री प्रदान गर्ने वचनबद्धतालाई व्यवहारमा उतार्ने, कृषि, गरिबी न्युनीकरण,शिक्षा, महिला तथा बच्चा र जलवायु परिवर्तन आदि क्षेत्रको अन्तर्राष्ट्रिय सहयोगलाई गहन पार्ने, विभिन्न मुलुकको आर्थिक सामाजिक पुनःउत्थानका लागि मद्दत गर्ने पनि राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभएको छ।

सीले चीन विश्वको सबैभन्दा ठूलो विकासोन्मुख मुलुक रहेको बताउँदै चीनले शान्तिपूर्ण, खुलापन, सहकार्य र संयुक्त रूपमा विकास गर्दैआएको बताउनुभएको छ।

उहाँले भन्नुभयोः हामीले कहिले पनि प्रभुत्ववादको स्वीकार गर्दैनौं, अरूमाथि आक्रमण गर्दैनौं, आफु पृथक रहेर विकास गर्दैनौँ तर मुख्य रूपमा भित्री अर्थव्यवस्थाको विकास गर्दै अन्तर्राष्ट्रिय विश्व अर्थव्यवस्थामा नयाँ विकासको सम्भावना खोजेर विश्व आर्थिक विकास पुनरूत्थानका लागि प्रयास गर्ने उद्देश्य बनाएको छ।

राष्ट्राध्यक्ष सीको सम्बोधनप्रति नेपालका बुद्धिजीवीको प्रशंसा

यसैबीच संयुक्त राष्ट्र संघको ७५ औँ वार्षिकोत्सवका अवसरमा आयोजित महासभालाई चीनका राष्ट्राध्यक्ष सी चिनफिङले गर्नु भएको सम्बोधन निकै महत्वपूर्ण रहेको चीन अध्ययन केन्द्रका कार्यवाहक अध्यक्ष सुन्दरनाथ भट्टराईले बताउनु भएको छ। चिनियाँ मिडिया ग्रुपसँगको कुराकानीमा भट्टराईले सीको सम्बोधन विश्व शासन व्यवस्थामा केन्द्रित रहेको बताउनुभयो। न्यायको पक्षमा कानुनको शासन स्थापना गर्न र अन्तर्राष्ट्रिय सहयोग अभिवृद्धि गर्दै आधारभूत कार्यमा केन्द्रित रहन सीले अपिल गर्नु भएको भट्टराईले बताउनुभयो।

राष्ट्राध्यक्ष सीले विश्वलाई कोभिड १९ को संक्रमणबाट माथि उठाइ विकास पथमा अगाडि बढाउन र मानव समुदायको साझा भाग्य निर्माण गर्न पनि उहाँले जोड दिनु भएको भट्टराईले बताउनुभयो। संयुक्त राष्ट्र संघमा विश्व शान्ति र वृहत्तर विकासका लागि चीनले निर्वाह गरेको भूमिका सराहनीय छ। सुरक्षा परिषदका पाँच सदस्य मुलुकहरुमध्ये चीनले अग्रणी भूमिका खेलेको उल्लेख गर्दै चीनले हालै प्रकाशित गरेको श्वेत पत्रमा पनि संयुक्त राष्ट्र संघमा चीनको भूमिकालाई प्रकाश पारेको भट्टराईले बताउनुभयो। वहुपक्षीय साझेदारी र विकासोन्मुक मुलुकको विकासमा पनि चीनले उच्च प्राथमिकता दिएको र शान्तिपूर्ण विकासका कुरालाई राष्ट‍राध्यक्ष सीले आफ्नो सम्बोधनमा प्रस्तुत गर्नु भएको भ‍ट्टराईले बताउनुभयो।

Facebook Comments