Thu. Feb 19th, 2026

अमेरिकामा वीच्याट(Wechat) सम्बन्धी प्रतिबन्ध हट्यो

       

काठमाडौं, २०७७ असोज ५ गते सोमबार

अमेरिकी वीच्याट संघ लगायतका संस्थाहरूको प्रयासमा अमेरिकी क्यालिफोर्नियाको एक स्थानीय अदालतका न्यायाधिशले सेप्टेम्बर २० तारिख अमेरिकी वाणिज्य मन्त्रालयले जारी गरेको वीच्याटमाथि लगाएको नाकाबन्दीलाई स्थगित पारेको साथै एप्पल तथा गुगल कम्पनीले आफ्ना एप्स स्टोरबाट वीच्याटलाई हटाउने कदमलाई अस्थायी रूपमा रोक लगाएको छ।

क्यालिफोर्नियाका न्यायाधिश लोउरेल बिलरले गर्नु भएको आदेशमा भनिएको छः ट्रम्प सरकारले गरेको कथित ‘वीच्याटबाट अमेरिकी राष्ट्रिय सुरक्षामा धम्की दिएको’ अभियोगमा वीच्याटमाथि लगाइएको निषेधले अमेरिकी राष्ट्रिय हितको कसरी संरक्षण गर्न सक्छ भन्ने बारेमा पनि स्पष्टसँग प्रष्ट्याएको छैन। हालसम्म अमेरिकी वाणिज्य मन्त्रालयले सो फैसलाबारे चर्चा नगरेको बताइएको छ भनि चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईले समाचार लेखेको छ ।

Facebook Comments