Sat. Apr 20th, 2024

बङ्गलादेशी राष्ट्रपतिसँग उपराष्ट्रपति पुन लगायतका विशिष्ठ नेताहरुको शिष्टाचार भेट

काठमाडौं, २०७६ कार्तिक २७ गते बुधबार ।

बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग उपराष्ट्रपति नन्दबहादुर पुनले आज अपराह्न शिष्टाचार भेट गर्नुुभएको छ । त्यस अवसरमा उहाँहरूबीच नेपाल–बङ्गलादेश सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।

राष्ट्रपति अब्दुल हमिदले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गर्नुभएको छ ।  भ्रमणको दोस्रो दिन आज (बुधबार) बिहान राष्ट्रपति हमिद, अध्यक्ष तिमिल्सिना र अध्यक्ष पुष्पकमल दाहालबीच छुट्टा छुट्टै भेटवार्ता भएको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना नेपालको चारदिने औपचारिक भ्रमणमा रहनुभएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग बुधबार होटल मेरियटमा शिष्टाचार भेट गर्नुहुँदै ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको चारदिने औपचारिक भ्रमणमा रहनुभएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग बुधबार होटल मेरियटमा शिष्टाचार भेट गर्नुहुँदै ।

राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक मैत्रीपूर्ण निमन्त्रणामा उहाँ ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति मोहम्मद अब्दुल हमिद मंगलबार नेपाल आउनुभएको हो ।

तस्विरः गोरखापत्र अनलाईनबाट ।

Facebook Comments