Mon. Dec 23rd, 2024

मृतकको कोरोना परीक्षण नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा निर्देशन

काठमाडौं, २०७७ भदौं ३१ गते बुधबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृतकको स्वाब लिएर कोरोना भाइरस (कोभिड-१९) परीक्षण नगर्न निर्देशन दिएको छ। मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले मन्त्रालयले मृतकको पीसीआर परीक्षण नगर्ने निर्णय गरेको भन्दै यस्तो निर्देशन दिएका हुन्।

उनले शंकास्पद व्यक्तिको मृत्यु भएमा सावधानीपूर्वक अन्तिम संस्कार गर्न निर्देशन दिँदै स्वाब परीक्षणको आवश्यकता नभएको बताएका हुन्।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता गौतमले  कोरोनाको आंशका गरिएका व्यक्तिको मृत्यु भए पीसीआर नगरी आवधानीपूर्वक अन्तिम संस्कार गर्न सबै अस्पताललाई निर्देशन दिएका हुन्।

यसअघि मृतकको समेत स्वाब संकलन गरेर पीसीआर परीक्षण हुँदै आएको थियो। यसरी पीसीआर परीक्षण गर्न अब भने पाइने छैन।

 

Facebook Comments