राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको निधन

काठमाण्डू, २०८१ माघ २८ गते सोमबार । राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको ९२ वर्षको उमेरमा निधन भएको छ ।
निमोनियाँ रोगले पीडित दाहालको आज दीर्घायु अस्पताल काठमाण्डूमा निधन भएको गोकर्णेश्वर नगरपालिका–६ का पूर्वअध्यक्ष रमेश अर्यालले राससलाई जानकारी दिनुभयो ।
पञ्चायतकालमा जोगमेहर श्रेष्ठलाई दोब्बर बढी मतान्तरले हराएर दाहाल राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित हुनुभएको थियो । श्रेष्ठलाई हराएपछि उहाँ चर्चामा आउनुभएको थियो । सानैदेखि विद्रोही स्वभावकी दाहाल वि.सं. २०२९ मा उपप्रधानपञ्च निर्वाचित हुनुभएको थियो ।
उहाँको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
Facebook Comments