Thu. Oct 31st, 2024

देउवाको प्रश्न : ‘राष्ट्रवादी’ ओली कालापानीबारे किन बोल्दैनन् ?

काठमाडौं, २०७६ कार्तिक २६ गते मंगलबार ।

प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले कालापानी क्षेत्रको सीमा विवादमा मौन बसेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्नुभएको छ ।
देउवाले कालापानी नेपाली भूमि भएको र लिपुलेक त्रिदेशीय विन्दु भएको समेत बताउनु भयो ।

नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले हेटौंडामा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले लिपुलेक चीन र भारतको मात्र नभई नेपालको पनि भएको बताउनु भयो । यसबारे आफूले भारतमा समेत बोलेको उहाँले सुनाउनु भयो ।

तर धर्ना जुलसबाट नभई भारत सरकारसँग वार्तामार्फत सीमा विवादको समाधान खोज्नुपर्ने उहाँले बताउनु भयो । देउवाले भन्नुभयो, ‘सरकारले किन गरिरहेको छैन रु राष्ट्रवादी भनिने ओलीले किन गरिरहेको छैन रु किन बोल्दैनन् ओली रु’ सरकार लम्पसरावादी भएको उहाँको आरोप छ ।

कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि कालापानी क्षेत्रमा भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन सरकारले पहल गर्नुपर्ने बताउनु भयो । नेपालको भौगोलिक अखण्डताको रक्षाका लागि सरकारसँग काँधमा काँध मिलाउन कांग्रेस तयार रहेको भन्दै उहाँले भन्नुभयो, ‘अस्ति सार्वदलीय बैठकमा पनि प्रधानमन्त्रीलाई कूटनीतिक पहल गर्नुस् भनेका छौं । प्रधानमन्त्रीले कति गर्नुहुन्छ, हेर्नुछ ।’

सडकमा नारा लगाएर मात्र अतिक्रमित भूमि फिर्ता नहुने भन्दै उहाँले सरकारले तत्काल भारतसँग राजनीतिक तथा कूटनीतिक स्तरमा सम्वाद गर्नुपर्ने बताउनु भयो ।
नेता पौडेलले भारतसँगै चीनतर्फ पनि नेपाली सीमा सुरक्षित छ छैन हेर्नुपर्ने धारणा राख्नु भयो । अनलाईन खवरबाट ।

Facebook Comments