Sat. Jul 4th, 2026

रास्वपा सांसदद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार   

प्रतिनिधिसभाको शुक्रबार बसेको हिउँदे अधिवेशनको पहिलो दिन विरोधस्वरूप १५ मिनेट बहिष्कार गरेर बैठक हलबाट बाहिर निस्कँदै रास्वपाका सांसदहरू । तस्बिरः रत्न श्रेष्ठ/रासस

       

काठमाण्डू, २०८१ माघ १८ गते शुक्रबार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो बैठक बहिष्कार गरेका छन् ।

रास्वपाले आजको बैठकमा आकस्मिक समयमा बोल्नु पाउनुपर्ने माग राखेको थियो । तर सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्ने कार्यसूची तय भएको भन्दै आकस्मिक समय नरहेको बताउनुभएको थियो ।

प्रतिनिधिसभाको आजको बैठकमा रास्वपाले करिब आधा घण्टा उठेर बैठक अवरोध गरेको थियो । विरोधकै बीच सभामुख घिमिरेले बैठकको काम कारबाही अगाडि बढाउनु भएपछि रास्वपा सांसदहरु बैठककक्ष छोडेर बाहिरिएका हुन् ।  रासस

Facebook Comments