Thu. Jun 4th, 2026

अमेरिकाबाट हजारौँ आप्रवासी पक्राउ   

       

ह्युस्टन, २०८१ माघ १४ गते सोमबार । आइतबार मात्रै अवैध रूपमा संयुक्त राज्य अमेरिकामा रहेको आशङ्कामा झण्डै एक हजार आप्रवासीलाई पक्राउ गरिएको अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई) ले आइतबार राति एसोसिएटेड प्रेसलाई बताएको छ ।

उत्तरी टेक्सासमा ८४ जना आप्रवासीलाई पक्राउ गरी आईसीईको डलासको क्षेत्रीय कार्यालयमा लगिएको आईसीईका प्रवक्ताले बताउनुभयो ।

बिहीबारसम्म देशभर करिब एक हजार तीन सय जना आप्रवासीलाई पक्राउ गरिएको होमनले जानकारी दिनुभयो ।

ट्रम्पको प्रशासन नेशनल एसोसिएशनमा छाप मारेको थियो । सिन्ह्वा

Facebook Comments