Sat. Apr 20th, 2024

बङ्गलादेशका राष्ट्रपति हमिदबाट भक्तपुर दरबार स्क्वायरको अवलोकन

काठमाडौं, २०७६ कार्तिक २६ गते मंगलबार ।

नेपालको औपचारिक सद्भावना भ्रमणमा आउनुभएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज अपराह्न भक्तपुर दरबार स्क्वायरको भ्रमण गर्नुभएको छ ।   गोरखापत्र अनलाईनका अनुसार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राष्ट्रपतिको टोलीलाई स्वागत गर्नुभएको थियो ।

राष्ट्रपतिले भक्तपुर दरबार स्क्वायरका मन्दिर तथा कलाकृतिको सूक्ष्म अवलोकन गर्नुभयो । राष्ट्रपति हमिद आजै अपराह्न चारदिने भ्रमणका लागि काठमाडौँ आइपुग्नुभएको हो ।

Facebook Comments