Thu. Apr 23rd, 2026

पूर्वप्रधानमन्त्री खनालद्वारा दुःख व्यक्त   

       

काठमाण्डू, २०८१ माघ ११ गते शुक्रबार । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीका पूर्वस्थायी कमिटी सदस्य रामजीप्रसाद शर्माको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले एक विज्ञप्ति जारी गरेर पार्टीका तत्कालीन स्थायी कमिटी सदस्य, गण्डकी प्रदेश कमिटीका अध्यक्ष तथा बागलुङ जिल्लाका वामपन्थी आन्दोलनका संस्थापक नेता कमरेड रामजीप्रसाद शर्माको भारतको नयाँ दिल्लीमा उपचारका क्रममा अचानक दुःखद् निधन भएको खबरले आफूलाई मर्माहत बनाएको उल्लेख गर्नुभयो ।

“रामजीशर्मा नेपाली कम्युनिष्ट आन्दोलनको एउटा अथक र सृर्जनशील नेता हो । उहाँले आफू वर्ग सचेत भएको बेलादेखि नै देश, जनता, राष्ट्र, क्रान्ति, जनवाद र समाजवादका निम्ति निरन्तर काम गर्दै आउनुभएको थियो । उहाँले कम्युनिष्ट आन्दोलन, जनवादी आन्दोलन, देशभक्तिपूर्ण आन्दोलन र समाजवादी आन्दोलनलाई नेपालमा अघि बढाउन कठिन र कठोर प्रयत्न गर्दै आउनुभएको थियो । उहाँले नेपाल कम्युनिष्ट पार्टी (माले), (एमाले), नेकपा र (एकीकृत समाजवादी) पार्टी निर्माणमा निरन्तर योगदान गर्दै आउनुभएको थियो”, विज्ञप्तिमा भनिएको छ ।

शोकको घडीमा दिवङ्गत शर्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँले सम्पूर्ण शोकाकूल परिवारजन तथा आफन्तमा समवेदना प्रकट गर्नुभएको छ । रासस

Facebook Comments

सम्बन्धित समाचार