शन्चौ-१९ चालक दल दोस्रो बाह्य गतिविधिको लागि तयार
- चीनको अन्तरिक्ष स्टेशन

पैचिङ, २०८१ माघ ७ गते सोमबार । चीनको अन्तरिक्ष स्टेशनमा रहेको शन्चौ-१९ चालक दलका सदस्यहरूले आगामी केही दिनभित्रै आफ्नो दोस्रो एक्स्ट्रावेहिक्युलर गतिविधि (इभिए) सञ्चालन गर्ने चीन मानव अन्तरिक्ष एजेन्सी (सीएमएसए) ले आइतबार घोषणा गरेको छ । इभिए अन्तरिक्ष यान बाहिर अन्तरिक्षमा अन्तरिक्ष यात्रीले गरेको कुनै पनि गतिविधि हो ।
सन् २०२४ डिसेम्बर १७ मा आफ्नो पहिलो स्पेसवाक पूरा गरेदेखि चालक दलले अन्तरिक्ष स्टेशन उपकरणहरूको निरीक्षण र मर्मत, आपतकालीन अभ्यास र दोस्रो इभिएको तयारी सहित धेरै कार्यहरू गरेको छ ।
सीएमएसएले चालक दलले अन्तरिक्ष सामग्री विज्ञान, अन्तरिक्ष जीवन विज्ञान र एयरोस्पेस चिकित्सा जस्ता क्षेत्रमा प्रगति गरेको जनाएको छ ।
एजेन्सीले शन्चौ-१९ चालक दलका सदस्यहरू स्वस्थ रहेका पुष्टि गरेको छ । हाल स्पेस स्टेसन सहज रूपमा सञ्चालन भइरहेको छ । सिन्ह्वा